क्युपे वालेट नेपालमा सुरु, अब यसरी गर्नुस् मोबाइलबाटै भुक्तानी

  २०७५ मंसिर २५ गते २०:५८     विकासन्युज

काठमाडौं । क्यु पे मोबाइल वालेट सेवा सुचारु भएको छ । मोबाइलबाटै भुक्तानी गर्न मिल्ने क्युआर एप्स मंगलबारबाट औपचारिक रुपमा सुरु भएको हो ।

सेवा सुचारु गर्न क्युआर एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरेका व्यक्तिहरूलाई यसले डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराएको हो। क्यु पे प्रालिले युनियन पे ईन्टरनेशलसँग नेपालमा मोबाईल कारोबारमा सहकार्य गर्ने कम्पनीले जनाएको छ ।

क्यु पे नेपालमा सुरू गरिएको मोबाईल वालेट सुविधा हो । युनियन पे ईन्टरनेशनल चाईनिज कम्पनी हो । यसले चीनबाहिर विश्वभरीका दुई हजार कम्पनीहरूसँग यस्तो सहकार्य गरिसकेको छ।

युनियन पेले उच्च स्तरीय, प्रभावकारी मूल्य तथा क्रस बोर्डर सुरक्षित भुक्तानको कार्य गर्दछ। यो विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी पनि हो।

यो सेवाबाट सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारी लगायतका उपभोग्य सेवाको भुक्तान गर्न क्युआर स्क्यान गर्नुपर्ने हुन्छ। क्युआरका लागि क्यु पेको एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। युनियन पेको कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरू क्युपेको माध्यमबाट भुक्तान गर्न सक्छन्।

नेपालमा क्यु पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैँकसँग अनुमति लिईसकेको छ भने बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरीसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.