इन्जिनियर्सहरुको ३२ औं निर्वाचन: सातै प्रदेश कब्जा गर्ने पीनको दाबी

  २०७५ मंसिर २३ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएशनको ३२ औं निर्वाचन नजिकिदैं जादा प्रोगेसिभ इन्जिनियरिङ एशोसियशन नेपाल पीनले तयारी पुरा गरेको बताएको छ । पीनले ३२ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशमा जित हासिल गर्ने दाबी गरेको हो ।

घोषणापत्रमा पीनले १५० मेघावटको जलविद्युत आयोजना बनाउनेदेखि लिएर ४७ हजार इन्जिनियरहरुलाई सदस्य बनाउने उल्लेख गरिएको छ । घोषणापत्र जारी गर्दै पीनका अध्यक्ष सम्भु बहादुर श्रेष्ठले सबै इन्जिनियरहरुको हकहितका लागि काम गर्ने बताए ।

उनले देशभरी नै चुनावी माहोल आफ्नै पक्षमा रहेको बताउँदै सातै प्रदेशमा जित हासिल गर्ने दाबी गरे । एसोसिएशनको ३२ औं कार्यकारिणी समिती निर्वाचन मंसिर २८ गते सातै प्रदेशमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.