सानिमा लाइफले ल्यायो युनिक लाइफ इन्स्योरेन्स याेजना, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी

  २०७५ मंसिर २३ गते १३:२०     विकासन्युज

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो ।

‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका लागि ६ वर्ष मात्र भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, १५ वर्षको बीमालेखका लागि १० वर्ष, २० बर्षे बीमालेखका लागि १५ वर्ष र २५ वर्षे बीमालेखका लागि १८ वर्षमात्र प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको सानिमा लाइफले जनाएको छ । तर बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्नेछन् ।

नयाँ बीमा योजना घोषणा समारोहमा इन्स्योरेन्सका अध्यक्ष कुमारप्रसाद कोइरालाले सानिमा ग्रुप र सानिमा लाइफ इन्स्योरेन्सप्रति जनताको शुभेक्षा र अपेक्षा रहेको भन्दै ती अपेक्षाहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

वि.सं. २०६४ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । २०७४ साल कात्तिकमा बीमा समितिबाट कारोबार सञ्चालन इजाजत प्राप्त गरेपछि इन्स्योरेन्सले सोही वर्षको मंसिर २२ गतेदेखि कारोबार सञ्चालन शुरु गरेको थियो ।

इन्स्योरेन्सले २०७५ मंसिर २२ गतेसम्म कुल ७ हजार ३ सय ३२ मार्फत् २७० करोड बीमाङ्क बराबरको बीमालेख बिक्री गरी १९ करोड रुपैंया प्रिमियम संकलन गरेको छ ।

सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेको छ भने देशभरमा कुल २५ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब र चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.