बैंकहरुको ब्याजदर बढेपछि उद्योग वाणिज्य महासंघको आपत्ति

  २०७५ मंसिर २० गते १९:५३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै बैंकहरुले मुद्दति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेपछि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।

एफएनसीसीआईले बिहीबार विज्ञप्ती जारी गर्दै यसरी बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसाय धरासायी बन्ने र यसले सरकारले तोकेको आड प्रतिशत आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी वृद्धि गर्ने लक्ष्य पूरा गर्न सम्भव नहुने दाबी समेत गरेको छ ।

महासंघले यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई गम्भीर हुन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.