छापियो १ लाख स्मार्ट लाइसेन्स, तपाईको बन्यो कि बनेन एसएमएस गर्नुस्

  २०७५ मंसिर २० गते १३:२०     विकासन्युज

काठमाडौं । स्मार्ट लाइसेन्स छपाई गरिरहेको मालिका इन्कर्पोरेट लिमिटेडले १ लाख कार्ड छापेको छ । छापिएको कार्डमध्ये ६० हजार यातायात व्यवस्था बुझाइसकेको छ ।

४५ दिनमै ६ लाख कार्ड छाप्ने विभाग र लिमिटेडबीच सम्झौता भएपनि प्रविधिक समस्याले गर्दा कार्ड छपाइमा ढिलाई हुन गएको हो । मालिकाले हाल दैनिक १० हजार कार्ड छपाई गरिरहेको बताएको छ । पुर्ण क्षमतामा छाप्न डाटा नै उपलब्ध नभएको लिमिटेडका निर्देशक तिलकराम जोशीले बताए । ‘हामी एक पटकमा १० वटा कार्ड निकाल्ने प्रयास गर्छौ, तर ४/५ वटा खाली नै निस्कन्छ, जोशीले विकासन्युजसँग भने प्रविधि समस्या हल भए हामीबाट केही समस्या छैन ।’

मालिकाले ६० हजार कार्ड दिइसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार छापिएको कार्ड अब सम्बन्धित कार्यलयमा पठाउने तयारी भैरहेको छ । बनिसकेको कार्ड सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्नेछन् । लाइसेन्स बने/नबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । ५ लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।  कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.