अजोड इन्स्योरेन्स र ग्रान्डि हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

  २०७५ मंसिर १६ गते १८:१७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच नगदरहित उपचार सेवा(क्यासलेस) सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा.चक्रराज पाण्डे तथा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ग्रान्डि हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।

अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्सको विभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.