बजारमा ५ खर्ब १५ अर्ब रुपैंयाँ, रित्तिँदै राष्ट्र बैंकको ढुकुटी

  २०७५ मंसिर १४ गते ८:३३     विकासन्युज

काठमाडौं । बजारमा ५ खर्ब १५ अर्ब २४ करोड ७० लाख ९६ हजार रुपैंया बराबरका नेपाली नोट चलन चल्तीमा रहेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल सो मात्रामा नेपाली नोटहरु चलन चल्तीमा रहेका हुन् । (याे पनि पढ्नुहाेस्)

तर राष्ट्र बैंकको ढुकुटीमा भने जम्मा ९ अर्ब ७६ करोड ७६ लाख ३६ हजार ७३ हजार ३ सय ३९ रुपैंयाँ मात्रै रहेको छ । सो नोट मध्ये बजारमा चलन चल्तीमा भने ५ खर्ब ५ अर्ब ४७ करोड ९४ लाख २२ हजार ३ सय ६१ रुपैंया छ ।

भूकम्पका कारण ढुकुटी भत्किाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुसँग पैसा लिन छाडेको थियो ।

राष्ट्र बैंककै बैंकिङ विभागका अनुसार केन्द्रिय बैंकमा २ खर्ब २२ अर्ब २४ करोड २७ लाख ९७ हजार ९ सय ८३ रुपैंयाँ सरकारी पैसा रहेको छ । त्यस्तै, ६३ अर्ब ७५ करोड ८१ लख २१ हजार ९ सय ९६ रुपैंयाँ बाणिज्य बैंकहरुको दायित्व केन्द्रिय बैंकसँग रहेकोे छ ।

२२ अर्ब २३ करोड रुपैंयाँ विकास कोषहरुको दायित्व केन्द्रिय बैंकसँग छ भने रिभर्सरिपो सेक्युरीटीको पाँच अर्ब दायित्व रहेको छ । केन्द्रिय बैंकसँग २ अर्ब रुपैंयाँको सुनचाँदी मौज्दात रहेको छ भने २६ अर्ब २१ करोड रुपैंयाँ बराबरको विदेशी मुद्रा रहेको छ ।

राष्ट्र बैंकले एक खर्ब ३१ अर्ब २८ करोड मूल्य बराबरको विदेशी बण्ड खरिद गरेको छ । त्यस्तै २ खर्ब ६३ अर्ब रुपैंयाँ विदेशी सेक्युरीटीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.