गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्धारा पदबहाली

  २०७५ मंसिर ११ गते १०:५७     विकासन्युज

काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर  कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् ।

तेह्रथुमका स्थायी बासिन्दा भट्टराइले कोष भित्र रहेको भ्रष्टाचार र व्यथितीलाई समाप्त गर्दै गरिब जनताका पक्षमा काम गर्ने जनाउँदै ‘कोष अब नयाँ ढंगले अघि बढाउँने हुँदा सबैको साथ र सहयोग अपिल गरेका छन् ।  लामो समयदेखी राजनीतिका साथै शिक्षण तथा विकास निर्माणका क्षेत्रमा क्रियाशिल भट्टराइले अंग्रजीमा स्नातकोत्तर गरेका छन् ।

भट्टराई र रिजाल दुबैलाई कोषका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य तथा कोषको उद्देश्य अनुसार पारदर्शि ढंगले काम गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.