उद्योग छाडेर व्यापारमा लाग्ने उल्टो बाटो नहिड्नुसः उद्योग मन्त्री यादव

  २०७५ मंसिर ९ गते १४:४१     विकासन्युज

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नाफाको पछि लागेर उद्योग बन्द गर्दै व्यापार तिर लाग्ने प्रवृत्तिको आलोचना गरेका छन् ।
आइतबार उद्योग दिवसका अवसरमा आयोजीत कार्यक्रममा मन्त्री यादवले उद्योग छाडेर व्यापारमा लाग्ने व्यवसायीलाई उल्टो बाटो हिडेको आरोप पनि लगाए ।

उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारीक मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ हिडेको मन्त्री यादवको आरोप छ ।

यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाएका हुन् ।

मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गरे । मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे । स्वदेशी बस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको यादवको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.