तीन जना बने ‘हुन्डाई प्रिसियस मुम्मेन्ट’को बिजेता, पाए कुलप्याडदेखि चितवन घुम्न जाने मौका

  २०७५ मंसिर ६ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको डिजिटल क्याम्पियन “हुन्डाई प्रिसियस मुम्मेन्ट” को विजेता घोषणा गरेको छ । बिहीबार(आज) थापाथलीमा आयोजित उक्त प्रतियोगितामा लक्कीड्र मार्फत तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमाला बिजेता घोषित भएका हुन् ।

प्रतियोगिताअन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भएका छन् । त्यस्तै, दोस्रो पुरस्कारमा सुधिर एस जे बीराणाले कुलप्याड कुल १ र अमित बनमालाले तेस्रो पुरस्कारमा कुलप्याट मेगा २.५डी जितेका छन् । “हुन्डाई प्रिसियस मुम्मेन्ट” प्रतियोगितामा ५०० जना सहभागी भएका थिए ।

परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टस्ले यस प्रतियोगिता असोज २८ देखि कात्तिक २८ गतेसम्म आयोजना गरेको थियो । यो प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो । जस मध्ये लक्कीड्र मार्फत बिजेता घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.