लमजुङको न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु गरिर्दै, छ अर्ब लागत लाग्ने अनुमान

  २०७५ मंसिर ६ गते १३:०५     विकासन्युज

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थ्रु गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताएका छन् ।

आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन् । विद्युत्गृहको जग हाल्ने काम सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ । बाँध क्षेत्रमा ढलानको काम भइरहेको र विद्युत्गृहमा दुई पेलटन टर्वाइन राखिने छ भने यसको ३० प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएको छ । सर्ज ट्याङ्कको निर्माणकार्य सकिएको व्यवस्थापक अमात्यले बताएका छन् ।

विसं २०७३ चैत ३० देखि निर्माण शुरु गरिएको उक्त आयोजना २०७६ चैत २३ ९सन् २०२० अप्रिल ५० मा सक्ने सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको छ । सम्झौता अवधिमै निर्माण सकिने लक्ष्यअनुसार २४सै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ ।

उक्त आयोजना सम्पन्न गर्न छ अर्ब लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले (नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी) ऋण लगानी गरेका छन् ।

आयोजनाले मस्र्याङ्दी गाउँपालिका–३ खुदी टारीकुनासम्म १३२ केभीको साढे पाँच किमी प्रसारणलाइन निर्माण गर्ने कार्य थालेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणबाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारणलाइनको निर्माणकार्य गर्न बोलपत्र आह्वान भइसकेको आयोजनाले जनाएको छ ।
न्यादी जलविद्युत् आयोजनाले वैकल्पिक थप प्रसारणलाइनसमेत निर्माण गर्नेबारे नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव पेश गरिसकेको आयोजनाका प्रशासकीय अधिृकत वासुदेव गर्तौलाको भनाई रहेको छ ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुख्खायामका लागि रु ८.४० मा विद्युत् खरीद सम्झौता गरेको छ । आयोजनामा बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानी रहनेछ ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.