खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनीलकुमार दास नियुक्त

  २०७५ मंसिर ५ गते १८:५१     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गरेका छन्।

पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्। केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले बताए ।

दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहेका थिए । २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ । ८ वर्ष जति उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल ईन्जिनियरको रुपमा कार्य गरे ।

त्यस्तै, २०७० सालमा उनले खानेपानी मन्त्रालय अन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरे । अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उनले तीन वर्ष काम गरे । त्यसैगरी, उनीसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.