पाल्पाको स्थानीय विकासलाई मध्यनजर गर्दै, जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

  २०७५ कार्तिक ३० गते १०:३२     विकासन्युज

काठमाडौं । जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे स्काभेटर प्रदान गरेको छ ।

सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर खाम्चालाई बिहीबार मित्यालमा आयोजित कार्यक्रम टोहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सिओ साटो र हाशिमोटो केन्की कम्पनीका सिओ हासिमोटोले स्काभेटरको साँचो हस्तान्तरण गरेका छन् ।
पाल्पा जिल्लामा २० वर्षभन्दा बढी सेवा गरेका जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा आफ्नो आठ वर्षदेखिको उपहार दिने सोच बल्ल पूरा भएको बताएका छन् । कोबेल्को कम्पनीको विभिन्न उत्पादन नेपालमा प्रयोगमा हुँदै आएपनि यो उपकरण पहिलो पटक आएको कम्पनीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.