कालीमाटी–कलंकी क्षेत्रका स्थानीय आन्दोलनमा, सडक अवरुद्ध

  २०७५ कार्तिक २९ गते ९:५३     राजाराम न्याैपाने

काठमाडौं । कालीमाटी कलंकी सडक खण्डका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै उनीहरुले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

आन्दोलनका कारण कालीमाटी कलंकी सडक खण्ड पुरै अवरुद्ध भएको छ । सो क्षेत्रका पसलहरु समेत बन्द गरेर व्यवसायीहरुले समेत आन्दोलनमा सहभागीता जनाएका छन् ।

ठेकेदारले समयमै सडकको काम नगरेकाले धुलोका कारण स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै स्थानीय र व्यवसायीहरु आन्दोलनमा उत्रिएको रामचन्द्र रिजालले जानकारी दिए । उनीहरुले ठेकेदारले निश्चित समयभित्र काम सक्ने प्रतिवद्धता जनाउनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.