प्रर्वद्धकले सेयर बेच्न थालेपछि अपि पावरकाे सेयर मूल्यमा भारी गिरावट, वित्तीय अवस्था शंकास्पद

  २०७५ कार्तिक २७ गते १४:५६     विकासन्युज

काठमाडौं । प्रवद्र्धकहरुले सेयर बेच्न थालेपछि अपि हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । पुराना लगानीकर्ताले कारोबार भएको ३ दिनमै गुमाए २७ प्रतिशत गुमाएमा छन् ।

तिहारअघि मंगलबार बजार बन्द हुँदा उक्त कम्पनीको सेयर प्रतिकित्ता १८१ रुपैंयाँमा कारोबार भएको थियो । तिहारपछि बजार खुलेको आइतबार यसको सेयर मूल्य १० प्रतिशत घटेर १६३ रुपैंयामा झरेको थियो ।

सोमबार खुलेको बजारमा पनि सोही प्रवृत्ति दोहोरिँदा शेयर मूल्य १४७ रुपैंया कायम भयो । मंगलबार मध्यान्नमा अपिको शेयर प्रतिकित्ता १३३ रुपैंयाँसम्ममा कारोबार भएको छ ।

बजार बन्द हुँदा प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार यस कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रमोटरको सेयर पब्लिक सेयरमा परिवर्तन भएको र प्रवद्र्धकहरुले सेयर बेच्न थालेका कारण मूल्य घटेको कम्पनीका एक सञ्चालकले बताए । जलविद्युत कम्पनीको प्रमोटर सेयर तीन वर्षपछि स्वतः साधारण सेयरमा परिणत हुने र किनबेच पनि साधारण सेयर सरह हुने कानुनी व्यवस्था छ ।

पछिल्ला दिनमा मात्र होइन, यस कम्पनीको सेयर मूल्य विगत एक वर्षदेखि निरञ्तर घटिरहेको छ । यस कम्पनीका लगानीकर्ताले एक वर्षमा ७५ प्रतिशत सम्पत्ति गुमाएका छन् । एक वर्षअघि प्रतिकित्ता ५१३ रुपैयाँमा कारोबार भएको यस कम्पनीको सेयर अहिले १३३ रुपैयाँमा झरेको छ ।

गत चैतयता यस कम्पनीले वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण पनि सार्वजनिक नहुनु र सेयर मूल्यमा उच्च गिरावट आउनुले कम्पनीको वित्तीय अवस्था विग्रेको आशंका गरिएको छ ।

यस कम्पनी माथि संस्थागत सुशासन कमजोर रहेको गुनासो लगानीकर्ताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.