नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशकको घोषणाः बैंककाे निक्षेपमा नाफा खाएर बस्दिँन

  २०७५ कार्तिक २६ गते १३:४९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । कात्तिक २५ गते आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कोषको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक नेपालले नागरिक लगानी कोषलाई बैंकमा निक्षेप राखेर नाफा कमाउने संस्थामा सिमित नराख्ने घोषणा गरे । ‘नागरिक लगानी कोषलाई बैंकमा निक्षेप राखेर नाफा कमाउने संस्थामा सिमित हुन दिन्न, यत्रो ठूलो पोर्टफोलियो भएको संस्थाबाट देशले पनि प्रतिफल पाउनुपर्छ भन्ने मेरो स्पष्ट प्रतिवद्धता छ’, नव नियुक्त कार्यकारी निर्देशक नेपालले विकासन्युजसँग भने ।

उनले कोषको प्रभावकारीता अभिवृद्धिका लागि एक आधा दर्जन योजना पनि अघि सारेका छन् । कमजोर रहेको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउने, लेखा परिक्षण नियमित गराउने, आइटी प्रणालीलाई चुस्त दुरुस्त बनाउने, समयमै साधारण सभा सम्पन्न गर्ने लगायतका योजना बनाएको नेपालले सुनाए ।

उनले लगानीका लागि ठूलो रकम रहेको कोषलाई उत्पादन मुलक क्षेत्रमा केन्द्रित गराउने पनि बताए । कोषको कानुनमै पूँजी बजारको विकासका लागि काम गर्ने भन्ने व्यवस्था रहेकाले नेपालको पुँजी बजारको विकासमा पनि अब योगदान दिने घोषणा गरे । उनले कर्मचारी सञ्चय कोष र अन्य बाणिज्य बैंकहरुसँग मिलेर कन्र्साेटियम लोन र ईक्वीटीका क्षेत्रमा समेत काम गर्ने योजना बनाएको बताए ।

‘म नेपाल राष्ट्र बैंकको पूर्व कर्मचारी हुँ, कर्पाेरेट कल्चर भित्र्याउँदै लगानी कोषलाई उत्पादनशील क्षेत्र र पूँजी बजारको विकासमा बिशेष ढंगले लगाउनेछु’, नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.