तीन महिनामा १०२ उद्याेग थपिए, साढे ३ हजार राेजगारी सिर्जना

  २०७५ कार्तिक २६ गते १६:३५     राजाराम न्यौपाने

काठमाडौँ । चालु अार्थिक वर्षकाे पहिलाे ३ महिनामा देशभर १ अर्ब ५ करोड २ लाखको लागतमा १०२ वटा नयाँ उद्योग स्थापना भएका छन् । उद्याेग विभागकाे तथ्याङ्क अनुसार ती उद्याेगहरुबाट ३ हजार ५५२ रोजगारी सिर्जना हुनेछ ।

स्थापना भएका उद्याेगहरुमध्ये सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा आएको छ । तीन महिनामा पर्यटन क्षेत्रमा ३५ वटा उद्योग स्थापना भएका छन्, जसको लागत ५९ करोड १० लाख छ । सो आयोजनामा ७६४ जनाले रोजगार पाउनेछन् ।

कृषि तथा वनजन्यतर्फ ८ वटा उद्योग स्थापना भएका छन् । सो परियोजना लागत १ अर्ब ८५ करोड ९० लाख लागत छ । ती परियोजनाहरुमा २३१ जनाले रोजगार पाउनेछन् ।

उक्त अवधिमा उर्जा सम्बन्धी एउटा उद्योग स्थापना भएको छ, जसको लागत २ करोड परियोजना लागत छ । सो परियोजनामा १७ जनाले रोजगार पाउनेछन् । सूचना प्रविधि सम्बन्धी ७ वटा उद्योग स्थापना भएका छन् । सो परियोजना लागत २० करोड लागत छ । सो परियोजना १६४ जनाले रोजगार पाउनेछन् ।

उत्पादनमूलकतर्फ भने यस अवधिमा २० वटा उद्योग स्थापना भएका छन् । यी उद्याेगहरुमा  ६ अर्ब ९५ करोड २० लाख लगानी भएका छन् । सो परियोजनामा १२१० जनाले रोजगार पाउनेछन् । सो समयमा सेवा क्षेत्रमा भने ३१ वटा उद्योग स्थापना भएका छन् । कुल १ अर्ब ३० करोड लगानी गरिएको उक्त परियोजनाबाट ११६६ जनाले रोजगार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.