अपर तामाकोशीको आइपीओमा ६ अर्ब बढीको आवेदन, सवा तीन लाखले भरे सेयर

  २०७५ कार्तिक १९ गते १६:५३     विकासन्युज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आइपीओमा ६ अर्ब बढीको आवेदन परेको छ ।
सोमबार ५ बजेसम्ममा ३ लाख १७ हजार भन्दा बढि आवेदकहरुले ६ अर्ब भन्दा बढीको आवेदन दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले विकासन्युजलाई जानकारी दिए ।
श्रेष्ठका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले लिएको अफलाइन फारमहरुका आवेदन समेत जोड्दा आवेदकको संख्या र रकम समेत वृद्धि हुन सक्नेछ । बैंक तथा वित्तिय संस्थाहरुले सोमबार राति १२ बजेसम्म आफुले संकलन गरेका अफलाइन आवेदनहरुको तथ्यांक अद्यावधिक गर्न सक्ने पनि उनले जानकारी दिए ।
कम्पनीले कात्तिक १५ गते बिहिबारदेखि १९ गते सोमबारसम्म एक करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका सञ्चयकर्ता  र स्थानीयबासी समेत गरी ५ लाख भन्दा बढीलाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.