मालिकाले छाप्यो ३० हजार स्मार्ट लाइसेन्स्, प्राविधिक समस्याले छपाइमा ढिलाई

  २०७५ कार्तिक १९ गते १६:१९     विकासन्युज

काठमाडौं । स्मार्ट लाइसेन्स छपाईको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले ३० हजार लाइसेन्स् छापेको छ । गत असोजदेखि छपाई सुरु गरेको लिमीटेडले एक महिना बित्न लाग्दा ३० हजार मात्रै लाइसेन्स छापेकाे हो ।

मन्त्रिपरिषदले नै लाइसेन्स छपाइ गर्ने जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेपछि कार्पोरेटले लाइसेन्स छपाई सुरु गरेको हो । यातायात व्यवस्था विभागले कार्पोरेटसँग ४५ दिनभित्र ५ लाख स्मार्ट लाइसेन्स् छाप्ने गरी सहमति गरेको छ । तर प्राविधिक समस्या देखिएपछि लाइसेन्समा समस्या देखिएको हो ।

भारतबाट प्राविधिकहरु ल्याएर काम भैरहेको कार्पोरेटका निर्देशक सुरेन्द्र ढकालले बताए । हामीले हालसम्म ३० हजार कार्ड छपाइ गरेका छौं, डाटा उपलब्ध नहँुदा हामीसँग रहेको मेसिनले पुर्ण क्षमतामा काम गर्न सकेका छैनौं ढकालले विकासन्युजसँग भने प्राविधिक समस्या हटेपछि केहि छिटो गतिमा छपाई हुनेछ । ढकालले छापिएको लाइसेन्सस् केहि दिनमै विभागलाई दिने तयारी भैरहेको बताए ।

विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोर्कण उपाध्यायले जानकारी दिए।

कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँनेछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ । कम्पनीले कार्ड विभागको मीनभवनस्थित कार्यालयमै छापिरहेको छ । विभागका अनुसार सबैभन्दा धेरै मोटरसाइकल परिक्षा पास गर्ने कार्ड प्रिन्ट गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.