दान गरेको रगतमा समेत मूल्यबृद्धि, प्रति युनिट बढ्यो एक सय रुपैयाँ

  २०७५ कार्तिक १९ गते ११:४६     विकासन्युज

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकले दानबाट रक्तदाताद्धारा संकलित रगतको मूल्य आफू खुशी बढाएको छ । ब्लड बैंकले नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार व्युरोको निर्णय अनुसार भन्दै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्यबृद्धि गरेको छ । तर व्युरोले भने रेडक्रसको दावी झुटो भन्दै पुष्टी गर्न चुनौती दिएको छ । व्युरो प्रमुख डा. हरिषचन्द्र उप्रेतीले मूल्य बढाउने विषयमा कुनै निर्णय नभएको र व्युरोको नाम जोडेर केन्द्रका पदाधिकारीहरुले बदमासी गरेको बताए ।

ब्लड बैंकले गत १५ कात्तिकमा जारी गरेको सूचनामा रक्तसंकलनमा रिफ्रेसमेन्ट र अन्य खर्च व्यवस्थापन गर्न प्रति युनिट १०० रुपैयाँ थप लिने निर्णय भएको उल्लेख छ । सो सूचनामा व्लड बैंकको नियामक निकाय व्युरोको निर्णय अनुसार भनिएको छ । रिफ्रेसमेन्ट भनेको रक्तदान गरेपछि दातालाई दिइने फ्रुटी तथा फलफुल खर्च हो ।

मूल्य बृद्धिपछि दानबाट संकलित रगतका लागि विरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ६२५ रुपैयाँ र निजी अस्पतालका लागि भए ७७५ रुपैयाँ तिर्नुपर्छ ।

यसअघि व्लड बैंकले विभिन्न शीर्षकमा गरी प्रति युनिट सरकारी अस्पतालका बिरामीलाई ५२५ रुपैयाँ र निजी अस्पतालका बिरामीलाई ६७५ रुपैयाँ लिने गर्दथ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.