हेलिकप्टरबाट निजगढ विमानस्थल हेर्दै माधव नेपाल र रबिन्द्र अधिकारी, विकल्प नखोज्ने अठोट

  २०७५ कार्तिक १९ गते १०:२३     विकासन्युज

काठमाडौं । निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थलको सांसदहरुले हेलिकप्टरबाट अवलोकन गर्ने भएका छन् । विमानस्थल निर्माणबारे देखिएका अवरोधबारे अध्ययन गर्न गठित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको उप समितिले हेलिकप्टरबाट अवलोकन गर्न लागेको हो ।

उप समितिका पाँच जना सदस्यहरुलाई लिएर पूर्व प्रधानमन्त्री नेपालले र पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र प्राबिधिक सम्मिलित १८ जनाको टोलीले हेलिकप्टरबाट अवलोकन गर्न लागेको हो ।

संसदिय टोलीले निजगढ विमानस्थलका लागि तोकिएको क्षेत्रको वन, वातावरण, वन्य जन्तु, मानव बस्ती, नदि कटान लगायतका बारेमा अवलोकन गर्नेछ । अन्तराष्ट्रिय सम्बन्ध समितिले माधव नेपालको नेतृत्वमा उप समिति गठन गरेर निजगढ विमानस्थल निर्माणमा देखिएका समस्याबारे विस्तृत अध्ययन गरिरहेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन राम्रो नभएको भन्दै वातावरण विदहरुले निजगढ विमानस्थलको विकल्प खोज्न दबाव दिईरहेका छन् । उनीहरुले हात्ति हिड्ने बाटो, भिमसालको पुरानो रुख रहेको लगायतका कारण देखाएर निजगढ विमानस्थलको बिरोध गरिरहेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले भने निजगढ विमानस्थलको विकल्प खोज्न नसकिने स्पष्ट पारिसकेका छन् ।

उनै नेपाल नेतृत्वको उप समितिले दिएको प्रतिवेदनका आधारमा निजगढ विमानस्थलको भविष्य निर्धारण हुनेछ । पर्यटन मन्त्री रबिन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पनि निजगढको विकल्प खोज्न नसकिने स्पष्ट पारिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.