माथिल्लो तामाकोसीमा आइतबारसम्म ४ अर्बको आवेदन, कतिले भरे आईपीओ ?

  २०७५ कार्तिक १८ गते १७:१५     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको तेस्रो दिनको कार्यालय समयसम्म करिब ४ अर्ब रुपैंयाको आवेदन परेको छ । आइतबार ५ बजेसम्म अपडेट अनुसार ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको आवेदन परेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।

उनका अनुसार सो समयसम्म २ लाख ६ हजार ९९१ जनाले तामाकोसीको आईपीओका लागि आवेदन दिएका छन् । मागभन्दा बढी आवेदन परेपछि निर्धारित समयमै आईपीओ निष्कासन बन्द हुने भएको छ । आईपीओ भर्ने अन्तिम दिन सोमबारसम्म तोकिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ गत बिहीबारदेखि निष्कासन गरेको छ ।

कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् ।

तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

आयोजनाले यसअघि नै सञ्चय कोषका स्थानीयबासी र सञ्चयकर्ता समेत गरी ५ लाख भन्दा बढीलाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.