बैंकिङ प्रणालीमा विश्व बैंकको टिप्पणीः सीसीडीमा सचेत हुन सुझाव

  २०७५ कार्तिक १८ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालको विद्यमान बैंकिङ प्रणालीमा विश्व बैंकले चार वटा टिप्पणी गरेको छ । विश्व बैंक ग्रुपले नेपाल डेभलपमेन्ट अपडेट २०१८ मार्फत विद्यमान बैंकिङ प्रणाली प्रति टिप्पणी गरेको हो ।

विश्व बैंकले बैंक तथा वित्तिय संस्थाहरुको कर्जाको वृद्धि दर, निक्षेपको वद्धिदर, सीसीडी गणना र पुँजी प्रवाहमाथी टिप्पणी गरेको हो ।
निक्षेपको दर वृद्धि भएपनि कर्जा प्रवाह अत्यधिक बढेको विश्व बैंकको ठहर छ ।

उसले सन २०१८ जुलाई अवधीमा २२.४ प्रतिशतले कर्जा प्रवाह बढेको उल्लेख गरेको छ । सेवा क्षेत्रमा १०.२ प्रतिशत, कृषि क्षेत्रमा २.३ प्रतिशत र उद्योग क्षेत्रमा ४ प्रतिशतले कर्जा बढेको विश्व बैंकको प्रतिवेदनले उजागर गरेको छ ।

विद्युतको पर्याप्त उपलब्धताले पनि औद्योगीक क्षेत्रमा कर्जा प्रवाह बढेको तथा पाँच प्रतिशत ब्याज अनुदान सम्बन्धी व्यवस्थाको कार्यान्वयनले कृषि क्षेत्रमा पनि प्रभावकारी कर्जा प्रवाह देखिएको उसको ठहर छ ।

विश्व बैंकले निक्षेपको वृद्धिदर भने १८.८ प्रतिशतले मात्रै वृद्धि भएको र त्यसमा ११ प्रतिशत वृद्धिदर व्यक्तिगत निक्षेपकर्ताहरुले ओगटेको बताएको छ ।

विश्व बैंकले सिसिडी रेसियो भने नियमनकारी निकायले तोकेको सिमा नजिकै पुगेको भन्दै सचेत हुन समेत भनेको छ । नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशतको सीसीडी रेसिया सिमामा बैंक तथा वित्तिय संस्थाहरु गत जुलाईमा ७६.८ प्रतिशतमा पुगेको भन्दै सचेत बन्न आग्रह गरेको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले सीसीडी रेसियाको सिमा नाघ्नै लागेकाले गत बर्ष क्रेडिट क्रञ्चको अवस्था सृजना भएको ठहर पनि विश्व बैंकले गरेको छ ।

विश्व बैंकले नेपालको नद प्रवाह पनि १८ प्रतिशत वृद्धि हुने प्रक्षेपण थियो तर १९.२ प्रतिशत पुगेको विश्व बैंकको अध्ययनमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.