माथिल्लो तामाकोसीको आईपीओ खुलेको २ दिनमै माग भन्दा बढी आवेदन, १ लाख १६ हजारबाट २ अर्ब २२ करोडको माग

  २०७५ कार्तिक १६ गते १६:१९     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको २ दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार ४ बजेसम्म २ अर्ब २२ करोड २५ लाख रुपैयाँको आवेदन परेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।
उनका अनुसार १ लाख १६ हजार ५०० जनाले तामाकोसीको आईपीओका लागि आवेदन दिएका छन् । मागभन्दा बढी आवेदन परेपछि निर्धारित समयमै आईपीओ निष्कासन बन्द हुने भएको छ । आईपीओ भर्ने अन्तिम दिन सोमबारसम्म तोकिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक १९ गते सोमबार तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् ।

तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.