२०७५ कार्तिक १२ गते १५:४३ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप्लिकेशन(ग्लोबल स्मार्ट) मार्फत क्यू एस सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत क्यू एस सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्राप्त गर्नेछन् ।
राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको क्यू एस सिनेमाको टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यू आर कोर्ड मार्फत रकम भुक्तानी हुन लागेको बैंकले जनाएको छ ।
हाल बैंकले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.