मंसिर ६ गतेदेखि बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो शुरु, सुरक्षित आवास निर्माणबारे जानकारी पाइने

  २०७५ कार्तिक ११ गते १८:५२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दोश्रो संस्करणको “बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५” आयोजना हुँदैछ । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले आगामी मंसिर ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने छ ।

सुरक्षित र दिगोनिर्माणका लागिप्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टरर्सको मुख्य आयोजना तथा नेपाल इन्जिनर्स एसोसियसन(एनईए), सोसाईटी अफ नेपलिज आरचिटेक्टस्(सोना), सोसाईटी अफ कन्सल्टिङ आर्चिटेक्चरल एण्ड इन्जिनियरिङ फर्म र ब्रयाण्डवर्थ प्रा. लि.को सह–आयोजनामा मेलाको आयोजना गरिएको हो ।

मेलाको मुख्य प्रायोजक अर्घाखा“ची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्ष्ँमादेवी बिल्डिङ मटेरियल्स रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरुको पनि प्रदर्शनी हुनेछ । ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथामार्बल, विद्युतीय समाग्री, बैंक तथावित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको गरी मेलामा २ सय बढी स्टल रहनेछन् । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिकविहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकनगर्न सकिनेछ । मेलामा २ लाख बढीले अवलोकन गर्ने आयोजको लक्ष्य छ ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलार्इ एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचनादिने उद्दश्यले मेला आयोजना गर्न लागिएको हो । मेलाकाक्रममा सेमिनारको पनि आयोजना गरिनेछ । जहाँ सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । आम मानिसको आवास तथा निर्माण सम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धित विज्ञले त्यसको सम्बोधन गर्ने गरी प्रश्न उत्तरको समेत व्यवस्थागरिएको छ । मेलामा घर बनाउन चाहने र बनाइरहेकाहरुलाई इन्जिनियरिङ, वास्तु लगायत बारे निःशुल्क परामर्श पनि दिईनेछ ।

भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको नेपालमा सुरक्षित आवास निर्माणबारे सचेतता अपनाउनु आवश्यक छ । यो मेलाले फरक फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.