शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८ प्रतिशत लाभांश पारित, पुँजी साढे १ अर्ब नाघ्यो

  २०७५ असोज २८ गते १६:५५     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित १८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले १७.७० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको उक्त लाभांश दिने भएको छ । बोनश सेयर वितरण पश्चात चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिएका छन् । उक्त अवसरमा बैंकले आर्थिक वर्ष २०७४/७५ मा सिद्धार्थनगर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको छ ।

हाल बैंकको निक्षेप परिचालन १५ अर्ब, कर्जा लगानी १३ अर्व ४५ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले केन्द्रीय कार्यालय सहित ३७ कार्यालय मार्फत बैकिङ् सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.