फास्ट ट्रयाकको ६२ वटा अग्ला पुल बनाउन सेनाले छान्यो ६ वटा कम्पनी, ५ चिनियाँ मात्रै

  २०७५ असोज २८ गते १५:५३     नारायण पौडेल

काठमाडौं । नेपाली सेनाले फास्ट ट्रयाकका अग्ला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौट गरेको छ । फास्ट ट्रयाकमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुलहरुको निर्माणका लागि सेनाले इपिसिएफ मोडलमा काम गर्ने गरि अन्तराष्ट्रिय टेण्डर निकालेको थियो । त्यसमा आवेदन दिएकामध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

छनौटमा परेका ६ मध्ये पाँच वटा कम्पनी चिनियाँ छन भने एउटा टर्किस कम्पनी रहेको छ । सेनाको फास्ट ट्रयाक आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन, हुनान रोड एण्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेल वे २० ब्युरो ग्रुप कर्पाेरेशन, चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ कम्पनीको जोइन्ट भेञ्चर, लोङजियान रोड एण्ड ब्रिज कम्पनी र टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट ए. एस. एण्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेञ्चरले आवेदन दिएका हुन् ।

सेनाले फास्ट ट्रयाकको डीपीआर निर्माणका लागि भने कोरियाली कम्पनी सुसुङलाई जिम्मेवारी दिईसकेको छ । सुसुङले चार महिनाभित्र डीपीआर निर्माण गर्ने अख्तियारी पाएको छ । सेनाले पुल र सुरुङ खण्डको बाहेकको डीपीआर बनाउने जिम्मेवारी सुसुङलाई दिएको हो र कम्पनीले १० करोड १५ लाखको लागतमा डीपीआर तयार पार्नेछ । एसियाली विकास बैंकले सन २००८ सालमा गरेको अध्ययन तथा नेपाली सेनाले गरेको विस्तृत इञ्जिनियरिङ सर्भे र डिजाइनका आधारमा डीपीआर तयार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.