१० हजार रुख रोप्दै काठमाडौं महानगरपालिका, नि:शुल्क विरुवा उपलब्ध गराउने

  २०७५ असोज २६ गते १७:०६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवद्र्धनका लागि १० हजार विरुवा रोप्ने भएको छ । विश्व वातावरण दिवसमा २ हजार ३ सय ७१ वटा विरुद्ध रोपेको महानगरपालिकाले चालु आर्थिक बर्षभित्र थप १० हजार विरुवा रोप्न लागेको हो । ‘यसै बर्ष १० हजार नयाँ विरुवा रोप्दै छौं, उपत्यकालाई हरियाली र स्वच्छ बनाउनका लागि यो अभियान थालेका हौं’, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने ।

उनले वातावरण दिवसका दिन २ हजार ३ सय ७१ वटा विरुवा रोपेको जानकारी पनि दिए । विभिन्न विद्यालय, संघ संस्थाहरुको सहयोगमा सो वातावरण दिवसमा विरुवा रोपिएको बताए । महानगरपालिका भित्र सडकको किनारा, ट्राफिक आईल्याण्ड र बगैँचाहरुमा रुख रोपिसकेको पनि दावी गरे ।

थप १० हजार विरुवा भने विद्यालय, संघ संस्थाहरु र टोल सुधार समितिहरुको सहयोगमा रोप्ने बताए । महानगरपालिकाले वृक्षारोपण गर्नेहरुका लागि निःशुल्क विरुवा उपलब्ध गराउने घोषणा पनि गरे ।‘विरुवा माग्न आउनुस, हामी निःशुल्क उपलब्ध गराउँछौं, रोपेर हुर्काउने जिम्मेवारी तपाईहरुको भयो’, शाक्यले भने ।

महानगरपालिकाले स्कुल, पोखरी र बगैँचा लगायतका ८ ठाउँमा रेन हार्भेष्टिङ तथा ग्राउण्ड वाटर रिचार्जको अध्ययन पनि अघि बढाएको छ । यसले आकाशे पानीलाई संकलन गरेर जमिनमुनी पठाउनेछ । त्यस्तै, ढल खोल्ने तथा सडक सरसफाई गर्ने ५ वटा जेट मेसिन खरिद गरेर उपयोगमा ल्याईसकेको छ भने ५ वटा ब्रुमर खरिदको प्रक्रिया पनि अघि बढाईसकेको छ । आगामी ३ महिनाभित्र ब्रुमरहरुले सडक सफाई अघि बढाउने मेयर शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.