नागिडाडामा विमानस्थल: ६० हेक्टर जमिन लाग्ने, ३५ प्रतिशत किन्नुपर्ने २५ करोडले धान्ला ?

  २०७५ असोज १८ गते १८:१५     खेमराज श्रेष्ठ

काठमाडौं । नागिडाडामा बन्न लागेको आन्तरिक विमानस्थलका लागि ६० हेक्टर जमिन आवश्यक पर्ने भएको छ । १२०० मिटर लामो धावनमार्ग हुने विमानस्थलको कुल क्षेत्रफल ६० हेक्टर हुने प्रारम्भिक अध्ययनले देखाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न सरकारले हाल बनेपा नगरपालिका वडा नम्बर ११ र १२ मा विमानस्थल निर्माणको काम अघि बढाएको छ । विमानस्थल बन्ने भएपछि स्थानीयवासी हर्षित भएको ११ नम्बर वडाका अध्यक्ष शिव कुमार थापाले बताए । “विमानस्थल निर्माण हुने भएपछि सबै स्थानीयवासीको सकारात्क धारणा रहेको छ, थापाले विकासन्युसँग भने आयोजनाले खानेपानीको मुहान सुक्नु भएन यसको व्यवस्थापन गरिनु पर्छ ।”

प्रारम्भिक अध्यायन अनुसार विमानस्थल निर्माणका लागि करिब ६५ प्रतिशत जग्गा सरकारको रहेको छ । बाँकी निर्मल प्रधान, ज्ञानेन्द्रलाल प्रधान लगायत व्यवसायीको ३५ प्रतिशत जग्गा रहेको छ । नागरिक उड्यान प्राधिकरणले चालु आर्थिक वर्षका लागि मुअब्जाका लागि २५ करोड रुपैंया विनियोजन गरिएको छ ।

विमानस्थल बनाउन डाडालाई ४० मिटर खार्नुपर्ने देखिएको छ । विमानस्थलको क्षेत्र पराकिलो बनाउन २५ देखि ४० मिटर तल भास्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको हो ।

रियलपथ इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको अध्यायन प्रतिवेदनमा नागीडाडालाई विमानस्थल बनाउन २५ देखि ४० मिटरसम्म खार्नुपर्ने उल्लेख गरिएको छ । डाडालाई ४० मिटर भास्दा २० लाख क्यूबिक मिटर माटो निस्कने कन्सल्टेन्सीका निर्देशक इन्जिनियर गुरुदत्त अधिकारीले बताए ।

बनेपाको नागीडाडामा प्रारम्भिक अध्ययनको प्रतिवेदन आइसकेको छ । नागिडाडामा १२ सय मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

१५ दिनभित्र इआईए पास हुने

वनेपा आन्तरिक विमानस्थल नाम प्रस्ताव गरिएको यस आयोजनामा नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याँङकन ईआईएका लागि क्षेत्र निर्धारणको काम गरिरहेको छ ।

वनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने प्रस्तावित विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र यीनका अवयव र यसमा पर्ने प्रभावको अध्ययन भैरहेको प्राधिकरणले जनाएको छ ।

आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मिटर, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहने प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले ईआईए प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ ।

इआईएको प्रतिवेदन स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगिसको प्याक्ट कन्सलट्यान्टका अभिषेक बिसीले बताए । विमानस्थल निर्माणका लागि स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको कन्सलट्यान्ट बिसीले बताए ।

विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो ।

आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.