शिवम् सिमेन्टले गर्‍यो ट्याक्सीचालकहरुलाई ज्याकेट हस्तान्तरण

  २०७५ असोज १८ गते १४:४७     विकासन्युज

काठमाडौं। नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेटअनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गर्नु भएको थियो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप विजया दशमीको अवसर पारी शिवम सिमेन्टस् लि. ले उक्त चालक ज्याकेट हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएकोअसली इएऋ सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्टतथा शिवमप्लस सिमेन्टउत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “ गुणस्तर को मामलामा नो कोम्प्रोमाईज ”, तथा “अटुट कम्प्रेसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदानदिन सफल भएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी आईएसओ, आईएसआई, र युआरयस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.