सेयर लगानीकर्तालाई कमल पन्थीको टिप्स, लगानी गर्नुपुर्व कम्पनीको अवस्था बुझनुस

  २०७५ असोज १६ गते १४:३६     विकासन्युज

सा–सानो पुँजीलाई एकीकृत गरी ठुला जलविद्युत तथा उर्जा विकास आयोजना लगानी गर्नुलाई पुँजी बजार भनिन्छ । कुनै पनि पब्लिक लिमिटेड कम्पनीले सेयर जारी गरेर आफ्नो योजना पुरा गर्न सक्दछन् । यसका लागि पब्लिक लिमिटेड कम्पनी हुनुपर्छ । पुजी बजारमा कुनै पनि कम्पनीले पहिलो पटक सेयर निष्कासन गर्दैछ भने त्यसलाई प्राथमिक बजार भन्छौ । प्राथमिक निष्कासन गर्न कम्पनी संचालनमा आएको कम्तीमा एक वर्ष पुरा हुनुपर्दछ । कम्पनीले सेयर जारी गर्दा तीन देखि चार वटा तह समुह हुन्छन् । जस्तो जलविद्युत कम्पनीमा स्थानीयबासी, कर्मचारी, समुहिक लगानी कोष, सर्वसाधारण चारवटा समुह हुन्छ ।

बैँक तथा वितिय संस्थामा स्थानीयबासी हुँदैन । कुनै पनि जलविद्युत कम्पनीले पहिलो प्राथमिक सेयर कर्मचारीको लागि बाँडफाँड गर्दछन् । कर्मचारीको सेयर कम्तीमा ३ वर्षसम्म बिक्री वितरण गर्न नपाउने सर्त राखिएको हुन्छ जुन धितोपत्र बोर्डमा ऐन उल्लेख छ । दोस्रो चरणमा उद्योग अन्तिममा सर्वसाधारणको सेयर जारी गरिन्छ । यदि माग भन्दा बढी आवेदन परेमा चिठ्ठा विधिबाट बाँडफाँड गरिन्छ । कम आवेदन परेमा हालको धितोपत्रको बोर्डको नियमअनुसार प्रत्येक लगनीकर्तालाई १० कित्ता सेयर दिनुपर्छ । यो प्रक्रिया सकेपछि केही हप्ता दिन अथवा महिनासम्म नेपाल स्टक एक्सचेन्जमा दर्ता हुन्छ । त्यी दर्ता सेयर दोस्रो बजारमा कारोबार हुन्छ । कम मुल्य अर्थात १०० बाट सुरु हुन्छ । माग र आपूर्ति आधारमा मूल्य घट्ने बढ्ने हुन्छ ।

नयाँ लगानी कर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व कम्पनीले आईपीओ जारी गर्दा अथवा सेयर निष्कासन गर्ने प्रक्रियामा सेयर फार्म पछाडिपट्टि दिएको हरेक विवरण नाफा नोक्सान बासलात, कम्पनी संचालक व्यक्ति क्षमता अनुभव कम्पनीको पुरा विवरण उल्लेख गरेको हुन्छ । एकचोटी राम्रो सँग पढ्नुहोला, एक हजार रुपैयाँ लगानी कस्तो कम्पनी लगानी गर्दै छु तपाईलाई कति वर्षपछि प्रतिफल दिन्छ कहाँ लगानी गरेको छु मेरो लगानी सुरक्षित छ वा छैन तपाईको आजको एक हजार लगानी भविष्यमा लाख हुन सक्छ ।

आईपीओ भर्नुअघि कम्पनी कस्तो प्रकृतिको हो, कस्तो व्यवस्थापन निकाय कस्ता प्रकृतिका छन् आइपीओ भनेर आँखा चिम्लिएर नहाल्नुहोला आज बजारमा लामो अवधिसम्म पनि प्रतिफल दिन नसक्ने लगानीकर्ताको सम्पत्ति अवमूल्यन कुनै बोनसर नगद लाभांश दिन नसकेको अवस्था छ । यो बुुझेर आईपीओ फारम भर्नुहोला । नयाँ लगानाीकर्ताले अर्को महत्वपूर्ण बुझ्नुपर्ने कुरा कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व त्यो कम्पनीको कम्तीमा दुई वा चार वर्षको प्रतिवेदन पढ्नुपर्छ ।

त्यो कम्पनीले गत वर्ष कस्तो आम्दानी गरिरहेको छ । भविष्यमा कति आम्दानी गर्न सक्छ वा सक्दैन विश्लेषण गर्न सक्छौ । यसको साथसाथै लगानीकर्ताले हेर्नुपर्ने कुरा त्यो कम्पनीले विगतमा र आजसम्म कति लाभांश बाँडेको छ लगानीकताहरुले त्यौ नै हेर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनी छनौट गर्दा नयाँ लगानीकर्ताहरुले जगेडा कोष धेरै भएको निष्क्रिय कर्जा कम भएको ईपीएस र प्रतिसेयर नेटवर्थ बढी भएको कम्पनी धान्नको लागि आग्रह गर्दछु । मुल्य आम्दानी अनुपात कम्तिमा १५ गुणा भएको छानेमा लगानी सुरक्षित हुन्छ । त्यस्तै कम्पनीको व्यवस्थापनदेखि कर्मचारीको आवाज जावत सीआईको कति वर्षसम्म त्यस कम्पनीमा कार्यरत हुन्छन् संचालक कतिको परिवर्तन हुन्छ् । त्यो सबै बुझेपछि त्यस कम्पनीमा दीर्घकालका लागि लगानी गर्नुपर्छ ।

यदि कुनै लगानीकर्ताहरु त्यति धेरै ज्ञान छैन पुजी बजारको भन्ने उहाँहरुले कम जोखिम लिन चाहन्नु हुन्छ भने मेरो सुझाव म्यूचल फण्ड लगानी गर्नुहोस । हाम्रो नेपाली पुजीबजार विभिन्न बैँकहरुले म्यूचल फण्ड जारी गर्न गर्दछन् खासगरी दुई प्रकारका हुन्छन् ओपन इन्डेट र बन्द इन्डेट त्यी म्यूचल फण्डपछि ५ वर्ष र ७ वर्षको अन्त्यमा नगद लाभांश प्राप्त गर्छन् । तपाईलाई बैँक मा जम्मा गरेको पैसा भन्दा म्यूचल फण्डमा लगानी गरेको पैसाको प्रतिफल धेरै हुन आउँदछ । तपाईले राम्रो म्यूचल फण्ड मा लगानी गर्नु पर्दछ । ५ वर्ष ७ वर्ष पर्खनु हुन्छ भने तपाईलाई राम्रा प्रतिफल प्राप्त हुन्छ । बजारमा सिद्धार्थ स्किम ग्रोथ र नविल व्यालेन्स फण्डले राम्रो प्रतिफल दिएको म्यूचल फण्ड हुन् ।

नयाँ लगानी कर्ता हुनुहुन्छ भने सेयर बजारमा बिना सुझाव र अध्ययन बिना लगानी नगर्नुहोस । पहिलो लगानी विविधीकरण गर्नुहोस् । दोस्रो समय व्यवस्थापन गर्न जान्नुहोस् । तपाईले गरेको लगानी कति समयको लागि हो स्पष्ट योजना बनाउनुहोस् । तपाईहरुले आज किनेर भोलि नै बेच्ने मनासय नबनाउनुहोस् आजको भोलि नाफा नहुन सक्छ भविष्यमा अवश्य तपाईलाई राम्रो नाफा दिन सक्छ । अर्को महत्वपूर्ण कुरा म नयाँ लगानीकर्तालाई भन्न चाहन्छु जोखिम व्यवस्थापनमा गर्न सिक्नुहोस् आफुले सेयर खरिद गर्दा सम्बन्धित कम्पनीको सेयर मुल्य कुन अवस्थामा छ । एकदमै बढेर टुप्पोमा पुगेर घटन लागेको पो छ कि कम्पनीको मुल्य नेटवर्थ बराबर भएको बेला छ भने त्यसमा कतिको जोखिम छ भन्नेमा विचार पु¥याउनु होला ।

नयाँ लगानीकर्ताहरुले दोश्रो बजारमा प्रवेश गर्नुभएको छ भने सबै पैसा एकै चोटी लगानी नगर्नुहोस अर्को कुरा सबै पैसा एउटै बास्केट अथवा एउटै कम्पनीमा लगानी नगर्नुहोस् केही लगानी तपाई बैकको सेयर किन्नुहोस जुन विगत र आगामी राम्रो नाफा कमाउने कम्पनी हो । राम्रो बोनस र नगद लाभांश दिने कम्पनी हो केही जलविधुत केही लघुवित्त कम्पनीमा लगानीको विविधिकरण गर्न जान्नुहोस जसले गर्दा तपाईको क्षति कम हुन्छ ।

नयाँ लगानीकर्तालाई पहिलो पटक आईपीओ भर्नुहोस सिधै दोस्रो बजार मा प्रवेश नगर्नुहोस ब्रोकर अफिस जानुहोस बुझनुहोस विभिन्न सेयरविको सल्लाह सुझाव लिनुहोस आपनी विचार भन्नुहोस कस्ता कस्ता कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जिज्ञासा राख्नुहोस् बेला बेला व्रोकर समन्वय गर्नुहोस् ।

नयाँ लगानी कर्ताहरुलाई आफ्नो पोटपोलियो व्यवस्थापना गर्दा धेरै कम्पनीहरुमा लगानी नगर्नुहोस् । ३० प्रतिशत कम्पनीको सेयर ट्रेडर भएर किन्ने वा बेच्ने गर्नुहोस् जसले गर्दा तपाईलाई कति बेला किन्ने र बेच्ने तरिका थाहा हुन्छ । ७० प्रतिशत लामो अवधिको लागि लगानी गर्दा राम्रो प्रतिफल दिने कम्पनीहरु छान्नुहोस् । अनि धैर्यता गर्नुहोस् जसले गर्दा तपाईलाई सजिलै पोर्टफोलीयो व्यवस्थापन सजिलो हुनेछ ।

अर्को महत्वपूर्ण कुरा लगानीकर्ताहरुले खाली बोनस र हकप्रद सेयरको लोभमा परेरे किन्नुहुदैन कहिलेकाही फस्न सकिन्छ । कुनै कम्पनीको बोनस सेयर किन्दै हुनुहुन्छ त्यो बोनस पाउँदा आफुले किनेको मुल्य र पछि समायोजन हुदा फाइदा हुन्छ हुदैन हिसावकिताव गर्नुपर्छ अनि मात्र बेच्ने विचार गर्नुपर्दछ ।

त्यस्तै हकप्रद सेयर लोपमा धेरै लगानीकर्ताहरुले घाटा खानुपरेको छ । आज घोषणा गरेको हकप्रद सेयर २ वर्षसम्म लाग्न सक्छ । हकप्रद सेयर घोषणा गरेपछि धेरै कम्पनीको सेयर वृद्धि हुने गर्छ । त्यो आजको धेरै मुल्य किन्दा क्षति हुने सम्भावना बढि हुन्छ । हकप्रद सेयर तपाईको थप १०० रुपैयाँ लगानी हुन्छ पहिलो किनेको मुल्य जोड गर्नुहोला हकप्रद खाँदा फाइदा हुन्छ हुदैन हिसाव किताव गर्नुहोला अनि मात्र किन्नु होला ।

लगानीकर्ताले बुझनु पर्ने बैकको ब्याज र सेयर बजार विपरित सम्बन्ध हुन्छ । जब बैकले ब्याज बढाउदै जान्छ सेयर लगानीकर्ताहरुले सेयर विस्तारै बेचेर बैकको ब्याजप्रति आकर्षण हुन्छन् । जब बैकको ब्याज तल जान थाल्छ बैक बाट पैसा झिकेर सेयर बजारमा लगानी गर्नुपर्छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्नु भन्दा अरु क्षेत्रमा लगानी बढाउनु राम्रो हुन्छ । बैकमा जम्मा राख्नु भन्दा सुन चाँदी क्षेत्र, घरजग्गामा लगानी गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा थोरै थोरै लगानी गर्नुहोस नत्र कमाउन गाहो हुन्छ क्षति हुने सम्भावना धेरै हुन्छ । किन भन्दा सबै कम्पनीको सेयर बिस्तारै तलतिर गएको हुन्छ । नेप्लीज इन्डेक्स विपरित दिशामा झरेको हुन्छ ।

अन्तिममा नयाँ लगानीकर्ताहरुलाई पुँजी बजारमा आउनुहोस यो कुनै अनउत्पादक क्षेत्र र जुवा तास घर होइन् । सबै नयाँ लगानीकर्ताहरुले सानो पैसा लगानी गर्नुसक्नु हुनेछ । पहिला पहिला आईपीओ भर्न घण्टौ लाइन बस्नु पदथ्यो अहिले तपाईले बैक माध्यमबाट सीआश्वा आवेदन गर्दा सेकेण्डमा भर्ना सक्नुहुन्छ । पहिला सेयर प्रमाणपत्र आउन महिनौ लाग्ने च्यातिने हराउने सम्भावना हुन्थ्यो अहिले सिधै तपाईको डिम्याट खातामा सेयर आउँछ । अब छिटै नयाँ प्रविधि अनलाइन प्रकृति आउँदैछ घरमै बसेर किनेर बेच्ने आदेश दिन सक्नुहुनेछ । पहिला जस्तो व्रोकरमा गएर किन्ने र बेच्ने आदेश दिनु पर्दैन ।

अब छिटै बैकहरुलाई व्रोकर लाइसेन्स दिने मौद्रीक नीति आएको छ । काठमाडाँै मात्र सिमित बजार अब देश सबै क्षेत्रमा जाँदै छ अनलाईन आइपछि विदेशबाट कारोबार गर्न सक्ब्नेछन् । अब पुँजी बजारको भविष्य राम्रोे छ । सबै नयाँ लगानीकर्ताहरुलाई सानो रकम १००० देखि लगानी गर्न सक्नुहुनेछ धेरै ठूलो रकम आवश्यक पदैन । लगानी गर्नुपूर्वक आफ्नो प्लान बनाएर आउनुहोस अवश्यक राम्रो प्रतिफल लिएर जानुहनेछ । सबैको राय सल्लाहा सुझाव लिनुहोस निर्णय लिनुहुन्न । नयाँ लगानीकर्ताहरुलाई मेरो सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.