कक्षा ११ को नतिजा तिहारपछि मात्र

  २०७५ असोज १४ गते १२:५५     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलो/दोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’ उनले भने ।

साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ । सामाजिक संजालमा दशैँ अगाडी नै नतिजा आउने भन्दै हल्ला चलिरहेकाले नतिजा पर्खेर बसिरहेका बिद्यार्थीहरु अन्योलमा रहँदै आएका थिए ।

श्रोत – मेरो स्टडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.