नागीडाँडामा विमानस्थल: ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने

  २०७५ असोज ११ गते १७:०८     खेमराज श्रेष्ठ

काठमाडौं । काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउन ४० मिटर खार्नुपर्ने देखिएको छ । विमानस्थलको क्षेत्र पराकिलो बनाउन २५ देखि ४० मिटर तल भास्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको हो ।

रियलपथ इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको अध्यायन प्रतिवेदनमा नागीडाडालाई विमानस्थल बनाउन २५ देखि ४० मिटरसम्म खार्नुपर्ने उल्लेख गरिएको छ । डाडालाई ४० मिटर भास्दा २० लाख क्यूबिक मिटर माटो निस्कने कन्सल्टेन्सीका निर्देशक इन्जिनियर गुरुदत्त अधिकारीले बताए ।

उनका अनुसार २० लाख क्यूबिक माटो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गर्न सकिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ स्तर उन्नतीको लागि ४० लाख क्यूबिक मिटर माटो आवश्यकता रहेको छ ।

विमानस्थल निर्माणको लागि नागिडाडा भौगोलिक र वातावरणको हिसाबले उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार धेरै माटो खार्नु पर्ने भएकोले लागत खर्च बढ्नेछ ।

बनेपाको नागीडाडामा प्रारम्भिक अध्ययनको प्रतिवेदन आइसकेको छ । नागिडाडामा १२ मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्तm हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

१५ दिनभित्र इआईए पास हुने

वनेपा आन्तरिक विमानस्थल नाम प्रस्ताव गरिएको यस आयोजनामा नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याँङकन ईआईएका लागि क्षेत्र निर्धारणको काम गरिरहेको छ ।

वनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने प्रस्तावित विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र यीनका अवयव र यसमा पर्ने प्रभावको अध्ययन भैरहेको प्राधिकरणले जनाएको छ ।

आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मिटर, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहने प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले ईआईए प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ ।

इआईएको प्रतिवेदन स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगिसको प्याक्ट कन्सलट्यान्टका अभिषेक बिसीले बताए । विमानस्थल निर्माणका लागि स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको कन्सलट्यान्ट बिसीले बताए ।

विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो ।

आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.