वेस्टर्न युनियनले ल्यायो ‘खुसीको पर्व’ योजना

  २०७५ असोज ११ गते १७:०५     विकासन्युज

काठमाडौं, भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको बिजया दशमी, दीपावली तथा छठका अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपालीका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिट्यान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५ हजार रुपैयाँ जित्नेछन् । अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ  जित्नेछन् । खुसीको पर्व योजना यहि असोज ७ गतेदेखि कात्तिक मसान्तसम्म लागु गरिएको कम्पनीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.