मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीको तलब बढ्ने, धितोपत्र बोर्डले गर्यो हस्तक्षेप

  २०७५ असोज १० गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीहरुको तलब स्केल तथा योग्यता तोकेको छ । बोर्डले बुधबार निर्देशन जारी गर्दै मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब स्केल र योग्यता तोकिदिएको हो ।

यी दुबै संस्थामा कार्यरत कर्मचारीहरुको योग्यता र तलब स्केलमाथी प्रश्न उठेपछि बोर्डले हस्तक्षेप गरेको हो । योग्यता तथा ज्ञान नभएका कर्मचारीबाट काम गराएको र न्युनतम तलब समेत नदिएको आरोप मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीहरुलाई लाग्दै आएको थियो ।

बोर्डले धितोपत्र व्यवसायीहरुको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्वन्धी नियवमाली जारी गरेको हो । बोर्डले ४५ दिनभित्र कर्मचारीहरुको योग्यता, तलब लगायतका व्यवस्था कार्यान्वयन गरि बोर्डमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यस्ता छन् नयाँ सुबिधा
क) नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्वन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधालाई दृष्टिगत गरी प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तिय क्षेत्रको औसत किसिमको सेवा सुविधा कर्मचारीहरुलाई उपलब्ध गराउन ।

ख) संस्थामा कर्मचारीको रुपमा कार्यरत सवैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति/करार गर्न ।

ग) कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न ।
साथै नेपाल सरकारको निर्णयानुसार मिति २०७५ आषाढ ३२ गतेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न वोर्डवाट अनुमतिपत्र/दर्ता प्रमाणपत्र प्राप्त निकायहरुलाई उक्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवम् वित्तीय सुविधा वैंक खाता मार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.