यातायात व्यवस्था विभाग नै विघटन गर्ने मन्त्री रघुवीरको तयारी

  २०७५ असोज १० गते १०:५६     विकासन्युज


काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभाग विघटन गर्ने तयारी गरेका छन् । बुधबार बसेको विकास समितीको बैठकमा महासेठले विभाग विघटन गर्ने तयारी गरेको खुलासा गरेका हुन् ।

विभाग विघटन गरेर यातायात प्राधिकरण बनाउने तयारी रहेको महासेठले बताएका हुन् । यसका लागि मन्त्रालयले अध्ययन समिती समेत गठन गरिसकेको महासेठले बताए ।

विकास समितीमा भएको छलफलमा कम्पनीबाटै ६ हजार अग्रिम टिकट बुकिङ भैसकेको विभागले जानकारी दिएको छ । दशैंको बेला सवारी दुर्घटनालाई नियान्त्रण गर्न विभिन्न ३२ स्थानमा चालकलाई रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण गरेको विभागले जनाएको छ ।

दशैंमा यात्रुलाई सहज आवत जावतका लागि १३ स्थानमा प्रहरीले सहायता कक्ष स्थापना गरेको छ । प्रत्येक लामो दूरीमा चल्ने बसमा २ चालक अनिवार्य राख्नुपर्ने व्यवस्था समेत विभागले गरेको छ ।

यसैगरी घाइते वा मृतकको परिवारलाई क्षतिपुर्तिको लागि जिल्ला प्रशासन मार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.