ओरियन्टल होटल्सले प्रिमियममा एफपीओ निष्कासन गर्ने

  २०७५ असोज १० गते ९:३१     विकासन्युज

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले चुत्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । आउदो कात्तिक १२ गते वस्ने २१ औं वार्षिक साधारणसभामा पुँजी बढाउन एफपीओ निष्कासन गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ ।
साधारणसभाबाट पारित भएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । ओरियन्टलले काठमाडौंमा पाँचतारे ¥याडिसन होटल सञ्चालन गरिरहेको छ ।

कम्पनीमा संस्थापक सेयर हिस्सा ५५ र साधारण सेयरधनीको ४५ प्रतिशत हुने गरी लगानी संरचना तयार भएको छ । हाल कम्पनीको चुक्तापुँजी हाल ९३ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । कम्पनीले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । ओरियन्टल होटल्सको गत आर्थिक वर्ष ०७४÷०७५ मा नाफा २१.२० प्रतिशत बढेको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी पनि बढेर ३१ रुपैयाँ पुुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपैयाँ २५ पैसा थियो । यस्तै संचित कोषको आकार बढेर १ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.