आर्थिक स्वतन्त्रतामा नेपाल ५ तह माथि चढ्यो, १६२ राष्ट्रहरुमा १०२ औं स्थानमा

  २०७५ असोज ९ गते १५:३३     विकासन्युज

काठमाडौ । नेपालमा आर्थिक स्वतन्त्रता बढ्दै गएको एक अध्ययनले देखाएको छ । समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेज इन्स्टिच्युटसँग सहप्रकाशन गरी मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरुमध्ये १०२आैं स्थानमा रहेको छ ।

गत वर्ष नेपाल १५९ राष्ट्रहरु मध्ये १०७ औं स्थानमा थियो । नेपाल ५ स्थान माथि उक्लिएको छ । समृद्धिले लगातार ११ औंं पटकको लागि नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।
आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१६ मा औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ४० हजार ३७६ अमेरिकी डलर रहेको थियो । आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५ हजार ६४९ अमेरिकी डलर रहेको समृद्धिले जनाएको छ । यसैगरी यी दुई समूहका राष्ट्रहरुको औसत आयु पनि लगातार ७९.५ वर्ष र ६४.४ वर्ष रहेको छ ।

नेपाल यस वर्षको प्रतिवेदनमा ६.५३ (१  देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२आैं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल ५ स्थान माथि चढेको हो । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७ आैं स्थानमा रहेको थियाे । यसअघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८ आैं स्थानमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.