मीनी संसदमा मन्त्री र सांसदको जुहारी, सचिव भन्छनः ११ मन्त्री पचाएँ

  २०७५ भदौ १९ गते १८:३५     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्रालयले गरेका कामहरुको प्रगति र समस्याहरुबारे छलफल गर्न बसेको मीनी संसदको बैठकमा सांसद र मन्त्रीबीच जुहारी चलेको छ ।

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ‘मन्त्रालयका कार्यक्रमहरुका बारेमा जान्नका लागि बजेट पुस्तक पढ्नुस, उपलब्ध छैन भने म प्रिन्ट गरेर ल्याइदिन्छु’ भनेपछि सांसदहरु आक्रोसित भएका थिए । सांसदहरुले मन्त्रीलाई मीनी पार्लियमेन्टको खिल्ली नउठाउन चेतावनी दिए ।

यस्तो थियो विकास समितिमा चलेको जुहारी
मन्त्री मोहम्मद इस्तियाक राईः ‘धेरै माननियहरुले मन्त्रीको प्रस्तुति छोटो भयो, के के हो योजना छोटोमा आयो भन्नुभयो, बजेट पुस्तिका छैन भने माननियलाई म उपलब्ध गराउँछु, म फेरी प्रिन्ट गरेरै भएर पनि दिन्छु ।’

गणेश पहाडीः ‘मन्त्रीजी भयो, बजेट पुस्तिका पाउनु भएन भने म उपलब्ध गराउँछु भन्नु भएन, मन्त्रालयको योजना के छ भन्नुस्, तपाईका योजना के के आए यहाँ ? समितिले पठाएको एजेण्डामा सम्पादित कार्य, भावी योजना, समस्या र चुनौती ल्याउनु भनेको कुरालाई व्यंग्यात्मक ढंगले बजेट पुस्तक ल्याइदिन्छौं भन्ने ? यो मीनी पार्लियामेन्ट हो, हामीलाई हेप्ने ?’

अनिल झाः ‘मैले कसरी बजेट बनेको भनेर सोधेको हो, हामीले फोन गर्दा नउठाउँने ? सांसदको फोन नउठाएर के गर्छन मन्त्रालयका कर्मचारी ? सांसदहरु जनता प्रति जवाफदेही भएर आएका हुन्छन्, हामीले भनेको नसुन्ने ?

मन्त्री र सांसदबीच जुहारी चलेपछि जेष्ठ सदस्यका रुपमा विकास समितिको अध्यक्षता गरिरहेका जिपछिरिङ लामाले हस्तक्षेप गरेर वातावरण शान्त बनाउने प्रयास गरेका थिए । मन्त्री राईको प्रस्तुति गतिलो नभएको र मीनी संसदलाई अटेर गरेको आरोप सांसदहरुले लगाएका थिए ।

बैठकमा शहरी विकास मन्त्री दिपेन्द्र नाथ शर्माले ३ बर्षको अवधीमा ११ जना मन्त्री पचाएको बताएका थिए । उनले आफुले ३ बर्षको अवधीमा मन्त्री र राज्यमन्त्री गरि ११ जनासँग काम गरेको बताएका हुन् । ‘म ३ बर्षदेखि यहि मन्त्रालयमा कार्यरत छु, मैले मन्त्री र राज्यमन्त्रीसहित ११ जनासँग काम गर्ने अवसर पाएँ’, सचिव शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.