नेपालको विकासमा अमेरिकाको ५१ अर्बः एमसीसीले थाल्यो काम

  २०७५ भदौ १७ गते ९:२२     विकासन्युज

काठमाडौं । नेपालको सडक, विद्युत र पूर्वाधारका क्षेत्रको विकासमा अमेरिकाले उपलब्ध गराउने ५१ अर्ब रुपैंयाँ सहयोग कार्यान्वयनको प्रक्रिया अघि बढेको छ ।

नेपाल र अमेरिकाबीच सन २०१७ मा नेपालको सडक, पुर्वाधार र विद्युतीकरणमा सघाउन अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी) मार्फत ५०० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

एमसीसीले नेपालमा ‘मिलेनियम च्यालेञ्ज एकाउण्ट-नेपाल’का नामबाट आगामी पाँच बर्षमा सो रकम खर्च गर्नेछ । करिब ५१ अर्बका परियोजना सञ्चालनका लागि एमसीसीले नेपालमा कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनको काम सुरु गरेको छ ।
एमसीसीले उप कार्यकारी निर्देशक सहित २० जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।

एमसीसीले आयोजना कार्यान्वयनका लागि एक जना उप कार्यकारी निर्देशक मागेको छ । त्यसका लागि १० बर्षको कार्य अनुभव भएको इञ्जिनियर हुनुपर्नेछ ।

व्यवस्थापन तर्फका एक जना डेपुटी सिइओ, एक जना कानुन अधिकृत, एक जना फाइनान्सिअल अफिसर, एक जना ट्रान्समिसन तर्फका आयोजना प्रमुख, एक जना सडक तर्फका आयोजना प्रमुख, एक जना सब स्टेशन आयोजना प्रमुख, एक जना अनुगमन तर्फ मूल्यांकनकर्ता, एक जना सञ्चार विज्ञ, एक जना आइसीटी विज्ञ, एक जना वित्तिय व्यवस्थापन बिशेषज्ञ, एक जना वातावरण विज्ञ, एक जना जग्गा अधिग्रहण विज्ञ, एक जना लैंगिक तथा सामाजिक समावेशी विज्ञ, एक जना विकास प्रतिफल बाडफाँट विज्ञ, एक जना मानव संसाधान विज्ञ र एक जना सिइओका सहयोगी कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।

यी सबै तहमा आवेदन दिनका लागि न्युनतम स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ । एमसीसीले असोज २ गतेभित्र आवेदन गरिसक्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.