बजार घट्दा नविल बैंकको सबैभन्दा बढी सेयर कारोबार

  २०७५ साउन १२ गते १६:२७     विकासन्युज

काठमाडौ । नविल बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नविलको ५ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा छ । सो बैंकको १ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस साता १ अर्ब ६२ करोड ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १सय ७९ कम्पनीको ३९ लाख ४५ हजार ७६० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २७.४१ प्रतिशत कम हो । गत साता १८६ कम्पनीको १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार ५२० कित्ता सेयर खरिद बिक्री भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.