४९४ अर्ब नोट निष्कासन, सरकारको वचत १४४ अर्ब

  २०७५ साउन ११ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारमा नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ निष्कासन गरेको छ । कुल निष्कासन मध्ये ४ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ चलनचल्तिमा र ८ अर्ब १५ करोड ५८ लाख बैकिङ कार्यालयमा मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गत जेठको तुलनामा नोट निष्कासन बढेको हो । राष्ट्र बैंकमा सरकारको १ खर्ब ४४ अर्ब १६ करोड रुपैयाँ वचत रहेको छ । वाणिज्य बैंकको १ खर्ब ९१ अर्ब ८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले कोषमा भएको रकम विदेशी सेक्युरिटिजमा २ खर्ब ८९ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सरकारको सेक्युरिटीमा ७४ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.