पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई मुक्तिनाथ विकास बैंकमा इन्टर्नशीपको अवसर

  २०७५ साउन १० गते १४:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई इन्टर्नशीपको अवसर प्रदान गर्ने भएको छ । साथै, बैंकले उक्त सङकायमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालय, स्कूल अफ बिजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेसका निर्देशक डा.रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा व्यवहारिक ज्ञान आदान प्रदान गर्ने भएको छ । साथै, यस सम्झौताले शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.