यातायात व्यवसायीलाई बैंक खाताबाट रकम झिक्ने मौका १ पटक मात्रै

  २०७५ साउन १० गते १२:२४     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीलाई बन्द रहेको खाताबाट रकम झिक्नका लागि एक पटक मात्रै अवसर दिइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको ३५ दिने सूचानामा व्यावसायीले एक पटक मात्रै रकम झिक्नका लागि विवरण दिन पाउने भएको हो ।

गत साउन ४ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयको सामूहिक निर्णयमा व्यवसायीलाई रकम झिक्ने व्यवस्था मिलाइएको थियो । व्यवसायीहरुले पेश गरेको विवरणको अध्ययन गर्न छिट्टै समिति निर्माण गरिने काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी बासुदेव घिमिरेले बताए ।

घिमिरेका अनुसार विवरण अनुसन्धान गर्नका लागि प्रमुख जिल्ला अधिकारी, सम्बन्धित जिल्ला यातायात कार्यालयका प्रतिनिधि, कर कार्यालयका प्रतिनिधि, लेखा शाखाका प्रतिनिधी लगायतको सहभागी हनेछन् ।

‘गतल विवरण आएमा त्यस्ता व्यवसायीका सिफारिस गर्न सकिदैंन, हामीले स्वीकृत गरि गृह मन्त्रालय पठाउछौं, गृहले अर्थ, अर्थले राष्ट्र बैंक र राष्ट्र बैंकले सम्बन्धित बैंकहरुलाई रकम निकासाका लागि पत्राचार गर्नु पर्नेछ घिमिरेले विकासन्युजसँग भने ।’

हाल २४२ वटा यातायात व्यवसायीको बैंक खाता बन्द रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.