एनएमबी बैंकको साधारणसभा साउन ३१ गते, १५ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने

  २०७५ साउन १० गते ८:२७     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले साउन १७ गतेदेखि ३१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ ।

साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ ।

बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले थप निष्कासन (एफपीओ) जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.