भार्गव विकास बैंकले ५.८४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ५० करोड नाघ्ने

  २०७५ साउन ८ गते १४:०७     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई ५.८४७९६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजीको ५.५५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ पुग्ने छ ।

बैंकले २ करोड ६४ लाख रुपैयाँ बोनस र १३ लाख ८९ हजार ४७३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.