एनएफआरएस मापदण्डले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउन ढिलाइ हुने

  २०७५ साउन ८ गते १२:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनिवार्य लागु गर्नुपर्ने भएको छ । एनआरएफएसअनुसार वित्तीय विवरण बनाउनु पर्दा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण तयारीमा ढिलाइ हुन गएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका सिटिजन्स बैंक र नेपाल बैंकले पुनः एनएफआरएस मापदण्डमा रहेर वित्तीय विवरण बनाउनु पर्ने भएको छ ।
एनएफआरएस मापदण्ड लागु गर्नुपर्ने भएकाले गत आर्थिक वर्षको वित्तीय विवरण आउन अझै १० दिन बढी समय लाग्ने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुन्जेलीले बताइन् । एनएफआरएस मापदण्डले कर्जा नोक्सानी अनुपात कम हुने देखिएको उनले जानकारी दिइन् ।

यता नेपाल बैंकले एनएफआर मापदण्डमा पुनः गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकले गत मंसिर १४ गते निर्देशन जारी गरी प्रत्येक ३ महिनामा प्रकाशित हुने वित्तीय विवरण एनएफआरएस मापदण्डमा गर्न भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.