विद्युतीय भुत्तानी ३० प्रतिशत बढ्यो, नेपाल क्लियरिङ हाउसमार्फत ७०५३ अर्बको कारोबार

  २०७५ साउन ६ गते १०:१३     विकासन्युज

काठमाडौं । विद्युतीय चेक भुत्तानी प्रणाली (ईसीसी) र अन्तर बैंक भुत्तानी (आईपीएस) मार्फत हुने कारोबार ३०.२३ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्ष ०७४/०७५ मा ईसीसी र आईपीएस मार्फत ७० खर्ब ५३ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष ५४ खर्ब ३९ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो ।

एक वर्षको अवधिमा १६ खर्ब १४ अर्ब रुपैयाँ विद्युतीय भुत्तानीमार्फत कारोबार बढेको हो । यो रकम एकाउन्ट पेइ र बैंकमार्फत चेक विना गरिने विद्युतीयको मात्र कारोबार हो । बैंकमा गएर सिधै भुत्तानी लिने अर्थात वेरर चेक कारोबार यसमा समावेश गरिएको छैन् ।
एक वर्षको अवधिमा भुत्तानीका लागि सरकार तथा निजी क्षेत्रबाट १ करोड थान एकाउन्ट पेई चेक जारी भई ईसीसी प्रणालीमार्फत ६३ खर्ब ४१ अर्ब रुपैयाँ कारोबार भएको ।

जारी भएका मध्ये ८.५ प्रतिशत अर्थात साढे ८ लाख थान चेक फिर्ता भएको विद्युतीय भुत्तानी व्यवस्थापनकर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ । अघिल्लो वर्ष ईसीसी प्रणालीबाट ५१ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको थियो ।

यस्तै बैंकबाट सिर्ध अर्को बैंकबाट चेक विनै हुने अन्तर बैंक भत्तानी प्रणाली आईपीएसबाट ७ खर्ब १२ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष यस प्रणालीबाट २ खर्ब ६४ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो । आईपीएसमार्फत ७२ जिल्लामा जी २ बीबाट ४८ अर्ब रुपैयाँ भुत्तानी भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ अर्ब रुपैयाँ थियो ।

वर्षेनी विद्युतीय कारोबार रकम बढ्दै गएको हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउछन् । ईसीसीका अतिरित पछिल्ला वर्ष आईपीएस प्रणालीबाट हुने कारोबार बढेको उनको भनाई छ । यस्तै हाउसले अहिले ई–पेमेन्ट प्रणालीलाई आईपीएसको रुपमा विकास गरिएको प्रधानले बताए । उनकाअनुसार ग्राहकले घरमा बसेर इन्टरनेटको माध्यमबाट रकम ट्रान्सफर, ई–भुत्तानी र विलको भुत्तानी गर्न सक्ने प्रणाली सञ्चालनमा आइसकेको छ ।

सरकारलाई कर तिर्न र भुत्तानी लिन दिन विद्युतीय कारोबार सुरु गरेको छ । आफनो मोवाइल र ल्यापटबाटै कर तिर्न सकिने व्यवस्था साउन १ गतेदेखि सुरु भएको छ । यस्तै भुत्तानी पनि सम्बन्धित व्यक्ति र संस्थाको खातामा सिर्ध जाने व्यवस्था गरिएको छ ।
सरकारले चेक तथा कागजी नोट प्रतिस्थापन गर्न मोवाइल, ल्यापटबाट ई–भुत्तानी प्रणालीलाई जोड दिन थालेपछि कारोबार बढ्ने देखिएको हो । दिउसो २ वजेसम्म बैंकले प्रणालीमा राखेको चेक सोही दिन क्लियरिङ अर्थात भुत्तानी हुने गरेको छ ।

भारतमा मात्रै गत वर्ष २.४ ट्रिलियनको चेक कारोबार भएको थियो । यस्तै श्रीलंकामा अझै चेक क्लियरिङ गर्न २ दिन लाग्ने गरेको छ ।
आर्थिक वर्षको अन्तिम दिन नेपाल क्लियरिङबाट मात्रै ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो । रकमको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो कारोबार भएको दिन हो । एकाउन्ट पेई चेक र अन्तर बैंक विद्युतीय प्रणालीमार्फत एक खाताबाट अर्को खातामा ८२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.