ज्योतिले हाम्रोलाई प्राप्ति गर्यो, चुक्ता पुँजी ३ अर्ब नाघ्याे

  २०७५ असार ३२ गते १२:५५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई आइतबार(असार ३१ गते) प्राप्ती गरेको हो ।

उक्त विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरीप्रसादले हस्ताक्षर गरेका छन् । सेयर स्वाप अनुपात हाम्रो विकास बैंकको डीडीए पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने बैंकले जनाएको छ ।

हाल ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको ४९ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कुल निक्षेप रकम करिब २० अर्ब ५० करोड, कर्जा रकम करिब १७ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।

साथै, ज्योति विकास बैंकको शाखा संजाल ६७ पुग्नेछ । बैंकले यसअघि झिमरुक विकास बैंकसँग मर्जर र राप्तिभेरि विकास बैंकसँग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.